दफा ४४
विद्युतीय कारोबार प्रणाली स्थापना गर्नु पर्ने
(१) अनुमतिपत्र प्राप्त संस्थाले विद्युतीय रुपमा आफ्नो कारोबार गर्न सकिने गरी विद्युतीय कारोबार प्रणाली स्थापना गर्नु पर्नेछ ।
(२) विद्युतीय कारोबार प्रणाली सुरक्षित, उपयुक्त र भरपर्दो हुनु पर्नेछ ।
(३) विद्युतीय कारोबार प्रणालीलाई बोर्डले आवश्यकता अनुसार सम्परीक्षण (अडिट) गर्न वा गराउन सक्नेछ ।
(४) विद्युतीय कारोबार प्रणालीमा कुनै प्रकारको सुधार गर्नु पर्ने देखिएमा बोर्डले आवश्यक निर्देशन दिन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम प्राप्त निर्देशनको पालना गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको कर्तव्य हुनेछ ।